JBLB announce it's AGM 73.68% Dividend Proposed

जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेड (JBLB) ले चैत्र २५ गते शुक्रवार (तद्नुसार ८ अप्रिल, २०२२) मा बिहान १०:३० बजे संस्थाको केन्द्रीय कार्यलय, कटहरि-०२, मोरङ्गमा तेश्रो वार्षिक साधारण सभा डाकेको छ।




लघुवित्तले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ७०% बोनस तथा ३.६८% नगद लाभांश गरी कुल ७३.६८% लाभांश वितरण गर्ने प्रस्ताव अघी सारेको छ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि जीवन विकास लघुवित्तले चैत्र १२ देखी चैत्र २५ गतेसम्म शेयर दाखिल खारेजी कार्य बन्द (बुकक्लोज) गर्ने भएको छ। तसर्थ, मिति २०७८ साल चैत्र ११ गतेसम्म कारोबार गरी कायम रहेका शेयरधनीले लाभांशका लागि योग्य हुनुका साथै वार्षिक साधारण सभामा भाग लिन पाउने छन्। साधारण सभा बाट लाभांश सम्बन्धी प्रस्ताव पारीत भएपश्च्यात मात्र सो लाभांश वितरण गरिनेछ।

लघुवित्तले आ. व. २०७७/७८ सम्मको वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई चुक्ता पूँजी रु. ६० करोड ८४ लाख को ७०% अर्थात रु.४२ करोड ५८ लाख ८० हजार बराबरको बोनस तथा ३.६८% अर्थात रु.२ करोड २४ लाख १४ हजार ७ सय ३६,८४ बराबरको नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव अघी सारेको हो।

Post a Comment (0)
Previous Post Next Post